प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
reportersnepal.com · Mon Aug 10 10:51:25 GMT 2026

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद विपिनकुमार आचार्यले संसदीय सुधार समिति बनाएर संसद्लाई बढी रचनात्मक बनाउन ध्यानाकर्षण गराए ।
सांसद विष्णुमाया विकले मल नपाइने, ग्यास नपाइने अवस्था आएकाले सरकार समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्। सांसद शाहजान खातुनले निजामती र अन्य कर्मचारीको जस्तै बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको पनि तलब बढाउन माग गरिन् ।
Read full story at source (reportersnepal.com)