कैलालीमा दशैँअघि लालपुर्जा बाँड्ने तयारी
rajdhanidaily.com · Mon Aug 10 11:06:51 GMT 2026

धनगढी । कैलालीमा भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया तीव्र बनाएको छ । आयोगले दशैँअघि नै काम प्रभावकारी रूपमा अघि बढेका स्थानीय तहबाट लालपुर्जा वितरण सुरु गर्ने लक्ष्य लिएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धिी समस्या समाधान आयोगको जिल्ला समितिले गत असारदेखि काम सुरु गरेको हो । करिब दुई महिनाको अवधिमा कैलालीका १३ वटै स्थानीय तहमा वडा तहबाटै तथ्यांक प्रविष्टि, जग्गा खोजी, नापजाँचलगायतका काम सञ्चालन भइरहेका छन् ।
Read full story at source (rajdhanidaily.com)