कोशी सरकारमा नेकपाको नेतृत्व इन्द्र आङ्बोले गर्ने
ratopati.com · Mon Aug 10 11:36:20 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोकै नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको छ । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमति अनुसार प्रदेश सरकारमा सहभागिताको विषयलाई लिएर छलफल चलिरहेको छ ।
प्रदेश सरकारमा सहभागिता र आगामी योजनाका बारेमा एमाले र नेकपाबिच विराटनगरस्थित मुख्यमन्त्री निवासमा छलफल जारी छ । आजकै छलफलमा सहमति भए कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले राजीनामा दिने र नेकपाबाट मन्त्रीहरू सरकारमा पठाउने दुवै दलको तयारी छ ।
Read full story at source (ratopati.com)