देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न महन्थ ठाकुर र राजेन्द्र महतोको माग
annapurnapost.com · Mon Aug 10 11:41:04 GMT 2026

काठमाडौं : सुनसरीको देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। राष्ट्रियसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारीलगायतले एक विज्ञप्ति जारी गरेर उक्त माग गरेका हुन्।
विज्ञप्तिमा देवानगन्ज घटनापछि पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभित्र गर्ने स्पष्ट प्रतिबद्धता जनाइएको उल्लेख छ। तर, सम्झौता भएको लामो समय वितिसक्दा पनि मन्त्रिपरिषद्बाट मृतकलाई शहीद घोषणा गर्नेलगायतका निर्णय हुन नसक्नु सरकारको चरम गैरजिम्मेवारी र पीडितप्रतिको संवेदनहीनताको प्रमाण भएको उनीहरूको आरोप छ।
Read full story at source (annapurnapost.com)