बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
ratopati.com · Mon Aug 10 12:01:29 GMT 2026

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधिसभामा यस समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्य योजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रस्तावक नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ हुन् भने समर्थकहरू नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।
सोमबार दर्ता भएको प्रस्तावमा किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमै असर पारिरहेको भन्दै बाँदर र बँदेलको समस्या अब मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा उल्लेख गरिएको छ।
Read full story at source (ratopati.com)