इक्रा नेपालको चेतावनी : नेपाली बैंकिङ क्षेत्र दबाबमा, खराब कर्जा १० वर्षकै उच्च बिन्दुमा
bishowkhabar.com · Mon Aug 10 12:01:38 GMT 2026

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रमा केही बहुराष्ट्रिय तथा स्थापित बैंकहरू वित्तीय रूपमा बलिया देखिए पनि अधिकांश बैंकहरू खराब कर्जा, कमजोर पुँजी कोष र घरजग्गा बजारको मन्दीका कारण गम्भीर दबाबमा परेका छन्। इक्रा नेपालले सार्वजनिक गरेको ‘नेपाली बैंकिङ क्षेत्र : कार्यसम्पादन अद्यावधिक र आगामी अवस्था’ प्रतिवेदनले बैंकिङ प्रणालीमा जोखिम तीव्र रूपमा बढिरहेको संकेत गरेको हो।
प्रतिवेदनअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ‘त्रिपल ए’ रेटिङसहित सबैभन्दा सुरक्षित बैंक बनेको छ भने नेपाल एसबीआई बैंक ‘डबल ए’ रेटिङका साथ दोस्रो स्थानमा छ। नबिल बैंक, नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अझै सुरक्षित श्रेणीमा रहे पनि केही चुनौती देखिएको उल्लेख गरिएको छ।
Read full story at source (bishowkhabar.com)