सन् २०३० सम्म नेपालभर ५जी विस्तार गर्ने रणनीति, प्राधिकरणले सार्वजनिक गर्यो मार्गचित्र
bishowkhabar.com · Mon Aug 10 12:07:26 GMT 2026

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०३० सम्म देशभर पाँचौं पुस्ताको मोबाइल प्रविधि (५जी) विस्तार गर्ने लक्ष्यसहित तीन चरणको रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ।
प्राधिकरणले तयार गरेको मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र राय–सुझाव पेस गर्न आह्वान गरेको हो। मार्गचित्रअनुसार २०२५–२०२६ लाई परीक्षण, जनचेतना र नियामकीय तयारीको चरण, २०२७–२०३० लाई पूर्वाधार तथा व्यावसायिक विस्तारको चरण र त्यसपछि देशव्यापी विस्तार तथा ६जी तयारीको चरणका रूपमा अघि बढाइनेछ।
Read full story at source (bishowkhabar.com)