परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन
khabarhub.com · Mon Aug 10 12:23:31 GMT 2026

नयाँदिल्ली- भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले आन्दोलन चर्काएका छन्। प्रदर्शनकारीहरूले परीक्षा प्रणालीमा सुधार, केही परीक्षा रद्द तथा कथित अनियमितताको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
राज्यको राजधानी राँचीमा जुलाई २९ देखि सुरु भएको प्रदर्शनमा कम्तीमा छ जना विद्यार्थी भोक हडतालमा बसेका छन्। एक साताभन्दा बढी समयदेखि अनशनमा रहेका ३३ वर्षीय विद्यार्थी नेता देवेन्द्र नाथ महतोले सरकारी परीक्षा सञ्चालनमा निजी कम्पनीको संलग्नता अन्त्य गर्नुपर्ने माग गरेका छन्।
Read full story at source (khabarhub.com)