सुधार केन्द्रमा उमेश खड्गीको मृत्यु प्रकरणमा पाँच जना पक्राउ
lokaantar.com

भक्तपुरको सूर्यविनायक नगरपालिका–१, बिरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका ४४ वर्षीय उमेश खड्गीको मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारका खड्गीको यही साउन २३ गते सुधार केन्द्रमा मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
Read full story at source (lokaantar.com)