ग्यासको कालोबजारीबारे सुनुवाइ नभएपछि प्रशासनको भूमिकामाथि उपभोक्ताले उठाए प्रश्न
onlinekhabar.com · Mon Aug 10 12:27:23 GMT 2026

२५ साउन, उदयपुर । उदयपुरमा सरकारी मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बिक्री भइरहेको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कानुनी कारबाही अघि बढाउनुको सट्टा उद्योग वाणिज्य संघलाई ‘आवश्यक सहजीकरण’ गरिदिन भन्दै पत्राचार गरिएको विषयले प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले २० साउनमा उद्योग वाणिज्य संघ र त्रियुगा उद्योग वाणिज्य संघलाई पठाएको पत्रमा नेपाल आयल निगमले १४.२ केजी एलपी ग्यासको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ तोकेको उल्लेख गर्दै स्थानीय ग्यास विक्रेताले २ हजार १ सय रुपैयाँसम्म बिक्री गरिरहेको गुनासो आएको जनाएको छ।
Read full story at source (onlinekhabar.com)