नीताको निर्देशकिय फिल्म ‘पार्वती’ को ‘मेरो दिदी’ गीत सार्वजनिक (भिडियो)
kalakarmi.com · Mon Aug 10 12:48:24 GMT 2026

काठमाडौं- आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी ’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमवार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो।
बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको छ। साथै अशोक दर्जीको पनि स्वर रहेको छ। उनी यस फिल्मको अभिनेता पनि हुन्। सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय गरेका छन्। कारुणिक भाव व्यक्त गर्ने यो गीतले दिदी भाइको माया पोखिएको छ। रक्षाबन्धनका समयमा दिदीभाईको माया गाँसिएको कुराले दर्शकलाई भावुक बनाउन सक्छ। गीतको शब्द तथा भिडियोमा मेल खाएको देख्न सकिन्छ।
Read full story at source (kalakarmi.com)