नौ वर्षभित्र देशभर फाइभजी पुर्याउने कार्ययोजना सार्वजनिक, ४ महिनपछि थ्रीजी मोबाइल डेटा बन्द
clickmandu.com · Mon Aug 10 12:54:41 GMT 2026

काठमाडौं । सरकारले आगामी सन् २०३५ भित्र अर्थात अवको नौ वर्षभित्रमा देशभर फाइभजी पुर्याउने कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको यस्तो कार्ययोजना अनुसार नेपालमा नवीन प्रविधिको फाइभजी सेवा भित्र्याउन र मोबाइल ब्रोडब्यान्डको गुणस्तरमा सुधार गर्ने प्रमुख उद्दश्य लिइएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड इन्हान्समेन्ट प्लान (नेपाल्स रोड टु फाइभजी)’ को मस्यौदा सार्वजनिक गर्दै सन् २०२६ भित्रमा थ्रीजी मोबाइल डेटा बन्द गर्ने घोषणा गरेको छ । सन् २०२६ को ड महिना वितिसकेकोले अबको ४ महिनपछि नै नेपालका दूरसञ्चार सेवाप्रदायकले थ्रीजी मोबाइल डेटा बन्द गर्ने भएका छन ।
Read full story at source (clickmandu.com)