जुवा खेलिरहेको अवस्थामा पेप्सीकोलाबाट १४ जना पक्राउ
nepalpress.com · Mon Aug 10 12:53:05 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पेप्सीकोलास्थित जस्ताको टहरा घरमा हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो ।
चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूको साथबाट ३ बुक तास, नगद १ लाख १९ हजार ८४५ रुपैयाँ र १५ थान मोबाइल बरामद गरेको जनाएको छ ।
Read full story at source (nepalpress.com)