दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान शुरू गरिने
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। दाइजो प्रथा अन्त्यका लागि मधेस प्रदेशबाट ‘दाइजोमुक्त नेपाल’ राष्ट्रिय अभियान सुरु गरिने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र मधेसी आयोगका पदाधिकारीबीच मन्त्रालयमा भएको छलफलपछि मधेसबाट अभियानको सुरुआत गरी क्रमशः देशव्यापी रूपमा समुदायस्तरसम्म विस्तार गर्ने निर्णय गरिएको हो।
छलफलका क्रममा दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो।
Read full story at source (hamrakura.com)