हिमपहिरोमा हराएका पाँच जनाको शव संकलन गरेर काठमाडौं पठाइयो
annapurnapost.com · Mon Aug 10 13:32:36 GMT 2026

दोलखाको गौरीशंकर गाउँपालिका-९ को यलुङ री हिमालमा गएको हिमपहिरोमा परी गत कात्तिकमा बेपत्ता भएका पाँच जनाको शव नौ महिनापछि फेला परेको छ। हिउँ पग्लिएपछि हिमालको आधार शिविर क्षेत्रमा शव देखिएसँगै जोखिम मोलेर गरिएको खोज तथा उद्धार प्रयासबाट पाँचै शव संकलन गरिएको हो।
आइतबार बिहान संकलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा राखिएको शवहरू सोमबार मौसममा सुधार भएपछि परिवारको जिम्मा लगाउन काठमाडौं पुर्याइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए। हिमाल आरोहणको क्रममा बेपत्ता भएका ७ जनामध्ये फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे र इटलीका पाउलो कोकोको शव त्यतिबेलै भेटिएको थियो।
Read full story at source (annapurnapost.com)