गृहमन्त्रीको नमिलेको ‘एक्सन’- नचाहिने ठाउँमा आफैं पुग्छन्, चाहिने ठाउँमा पीएको खटनपटन
lokaantar.com
गृहमन्त्री सुधन गुरुङका पछिल्ला अभिव्यक्ति र कार्यशैलीले उनको भूमिका र प्राथमिकतामाथि लगातार प्रश्न उठाइरहेका छन् । प्रतिपक्षले मात्र होइन, उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रबाट समेत उनीमाथि आलोचना र असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।
निर्मला पन्त हत्या प्रकरणबारे संसद्मा प्रश्नको जवाफ दिन अस्वीकार गरेको विषय होस् वा सुनसरीको धार्मिक तनावका बेला शुरूमा आफैं नपुगी निजी सहयोगीलाई खटाएको प्रसंग, पछिल्ला घटनाले गृहमन्त्रीको कार्यशैली र प्राथमिकतामाथि बहस चर्काएको छ । त्यसमाथि केही समय पहिले पर्साको ठोरीमा उनी आफैं होटलमा छापा मार्न पुगेपछि गृहमन्त्रीमाथि उठिरहेका प्रश्नमा थप बल पुग्यो ।
Read full story at source (lokaantar.com)