तौल कम भेटिएपछि कोशी ग्याससहित दुई फर्मलाई कारबाही
saralpatrika.com · Mon Aug 10 14:54:28 GMT 2026
विराटनगर । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. र विराटनगरको एक व्यापारिक फर्मलाई कारबाही गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार अनुगमन टोलीले कोशी ग्यास उद्योगमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा मापदण्डभन्दा कम ग्यास पाइएपछि उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको हो।
Read full story at source (saralpatrika.com)