आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ
lokaantar.com

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएको छ। ३०५ पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको सङ्ख्या ५० पुगेको हो।
चार वर्षअघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको सङ्ख्या ३६ रहेकामा गत चैतमा गरिएको सर्वेक्षणमा उक्त सङ्ख्या बढेर ५० पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घासेमैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाँटामा पाटेबाघको सङ्ख्यामा वृद्धि भएको बताए।
Read full story at source (lokaantar.com)