एआईको अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाललाई कास्य पदक, सहभागी सबै विद्यार्थी सम्मानित
techpana.com · Mon Aug 10 15:29:18 GMT 2026

काठमाडौं । नेपाली विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अन्तर्राष्ट्रिय मञ्चमा सफलता हासिल गरेका छन् । काजकिस्तानमा हालै सम्पन्न ‘इन्टरनेसनल ओलम्पियाड इन आर्टिफिसियल इन्टेलिजेन्स’ को तेस्रो संस्करणमा नेपालका सिद्धान्त चतुर्वेदीले कास्य पदक जित्न सफल भएका हुन् ।
८ अगस्टमा सम्पन्न यस प्रतिस्पर्धामा नेपालले पहिलो पटक पदक प्राप्त गरेको हो । सोही प्रतिस्पर्धामा सहभागी अन्य तीन नेपाली विद्यार्थीहरू प्रसिद्ध मैनाली, पिताम्बर लामिछाने र आयुष यादवले ‘अनरेबल मेन्सन’ सम्मान प्राप्त गरेका छन् ।
Read full story at source (techpana.com)