स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
lokaantar.com

सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यही साउन ५ गते निर्वाचित उक्त पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आज अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “यही साउन ५ गते निर्वाचितहरूलाई पदमुक्त गर्ने गरी नेपाल स्काउटको प्रमुखबाट भएको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।”
Read full story at source (lokaantar.com)