बाढी प्रभावित क्षेत्रका लागि सानिमा बैंककाे २ करोड २५ लाख सहयोग
ratopati.com · Thu Aug 27 16:22:30 GMT 2026

काठमाडाैँ । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन: स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरिएको प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए ।
Read full story at source (ratopati.com)