नेपालमा थप २ खर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता
nepalnews.com · Mon Aug 10 16:55:10 GMT 2026

काठमाडौँ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले करिब २ खर्ब रुपैयाँ थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा कम्पनीका प्रतिनिधिहरूले जलविद्युत्, खाद्य, होटल, पेय पदार्थ, सिमेन्टलगायत क्षेत्रमा लगानी विस्तारको तयारी भइरहेको जानकारी दिएका हुन्।
अर्थमन्त्री वाग्लेले उद्योग विस्तार, नयाँ प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।
Read full story at source (nepalnews.com)