पाकिस्तानी र इरानी विदेशमन्त्रीबिच फोनवार्ता
ratopati.com · Mon Aug 10 17:10:19 GMT 2026

काठमाडौँ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सोमबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गरेका छन् । फोनमा उनीहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रम र विशेष गरी शान्ति तथा स्थिरता प्रयासहरूबारे छलफल गरेका बताइएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दारले अराघचीलाई हालै पाकिस्तान, साउदी अरब र टर्कीबिच हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौताबारे जानकारी गराएका थिए । उनले यस सम्झौताको उद्देश्य रणनीतिक सहयोग सुदृढ गर्ने र क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पुर्याउने रहेको बताएका थिए ।
Read full story at source (ratopati.com)