अग्रगामी मोर्चाको पहिलो बैठक सम्पन्नः देशव्यापी आमसभा र संगठन सुदृढीकरण गर्ने निर्णय
ratopati.com · Mon Aug 10 17:15:15 GMT 2026

काठमाडौँ । प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ गठित 'अग्रगामी मोर्चा’को पहिलो बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौँमा बसेको मोर्चाको बैठकले संयुक्त आमसभा सहितका विभिन्न जनलक्षित कार्यक्रमहरू गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।
बैठकका निर्णय र मोर्चाको आगामी योजनाबारे जानकारी दिँदै जनमत पार्टीका महासचिव चन्दन सिंहले मोर्चालाई आगामी निर्वाचनसम्म नै मजबुत बनाएर लैजाने बताए । बैठकमा सहभागी सिंहले भने, 'हामीले विगतका सबै आन्दोलनहरूको समीक्षा गरेका छौँ र अब चुनावसम्म नै यो मोर्चालाई मजबुत बनाएर लैजाने सहमति भएको छ । हामी हाम्रा कार्यक्रमहरूलाई तल्लो तहसम्म पुर्याउनेछौँ र विभिन्न स्थानमा संयुक्त आमसभाहरू समेत आयोजना गर्नेछौँ ।'
Read full story at source (ratopati.com)