विश्वकपमा जर्मनीलाई हराएकाे खुशियालीमा पाराग्वेमा सार्वजनिक बिदा घोषणा
nepalpress.com · Tue Jun 30 06:32:06 GMT 2026
फक्सबरो (मैसाचुसेट्स)। विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेपछि पाराग्वेमा खुसीयाली छाएको छ । यस ऐतिहासिक जितको उत्सव मनाउन पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन् ।
सोमबार राति भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । विश्वकप इतिहासकै ठूलो ‘उलटफेर’ मानिएको यस जितसँगै दक्षिण अमेरिकी राष्ट्र पाराग्वे प्रतियोगिताको अर्को चरणमा पुग्न सफल भएको छ ।
Read full story at source (nepalpress.com)