ट्याक्टरबाट खसेर युवकको मृत्यु, बस दुर्घटनामा १८ जना घाइते
annapurnapost.com · Tue Jun 30 06:28:48 GMT 2026

विराटनगर : मोरङको छुट्टाछुट्टै स्थानमा मंगलबार एकबिहानै सवारी दुर्घटना हुँदा एक जना युवको मृत्यु भएको छ । बालबालिकासहित १८ जना घाइते भएका छन् ।
उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटनामा पर्दा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । बिहान करिब ७ः१० बजेतिर उर्लाबारी नगरपालिका–५ को तरुण चोकमा ट्याक्टर दुर्घटना भएको हो । उर्लाबारी–मधुमल्ला सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खस्दा उर्लाबारी–६ का २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो ।
Read full story at source (annapurnapost.com)