भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
ratopati.com · Tue Jun 30 06:42:24 GMT 2026

काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् ।
लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले विसं २०४५ सालदेखि नै कतिपय उद्योगले भाडा तिर्न बाँकी राखेको बताए । केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)