प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा
ratopati.com · Mon Aug 31 20:12:17 GMT 2026

काठमाडौँ । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्ध ठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी सञ्चार माध्यमले सोमबार जनाएका छन् ।
“समुद्रमा तेल फालेका तस्बिर प्रकाशित भएपछि विशेषज्ञ र सफाइ टोली स्थलमा पठाइयो र प्रदूषण गराउने जहाज कब्जा गरियो,” दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले इरानी सरकारी समाचार संस्थालाई बताए ।
Read full story at source (ratopati.com)