गोरखाका ८१ सहकारी सङ्कटग्रस्त, सञ्चालक सम्पर्कविहीन
gorkhapatraonline.com · Fri Jun 26 03:00:02 GMT 2026

गोरखा जिल्लाको सहकारी क्षेत्र गम्भीर सङ्कटमा परेको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले जिल्लाका ८१ सहकारी संस्था समस्याग्रस्त अवस्थामा रहेको, १२४ संस्था निष्क्रिय बनेको तथा धेरै संस्थाका सञ्चालक नै सम्पर्कबिहीन रहेको खुलासा गरेको हो।
प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा सहकारीहरूको प्रभावकारी अनुगमन हुन नसकेको, कानुनी व्यवस्था कार्यान्वयन कमजोर रहेको तथा एकीकृत सूचना व्यवस्थापन प्रणाली अद्यावधिक नभएकाले वास्तविक अवस्था समेत यकिन गर्न कठिन भएको छ।
Read full story at source (gorkhapatraonline.com)