तुँदी पावरले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
ajakoartha.com · Tue Jun 30 06:57:00 GMT 2026

काठमाण्डौं- तुँदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,००,००,००० कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामुहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा तँुदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
Read full story at source (ajakoartha.com)