मन्त्री यादवको निर्देशनपछि २ सातामै उठ्यो ४२ करोडभन्दा बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
aarthiknews.com

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको ठूलो परिमाणको भाडा बक्यौता असुल हुन थालेको छ । मन्त्री यादवले बक्यौता रकम तत्काल उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएपछि पछिल्लो दुई साताभित्र मात्रै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ।