प्रचण्डको विश्लेषण : बालेन सरकार अपरिपक्व, रविमा परिपक्वता बढ्यो
barnanmedia.com · Mon Aug 10 22:52:33 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको सरकारलाई अपरिपक्व, राजनीतिक दिशाविहीन र ‘कम्पास हराएको जहाज’जस्तो भएको टिप्पणी गरेका छन् । दसैँ–तिहारपछि नै सरकार ढल्छ भन्ने दाबीलाई भने उनले हावादारी बताएका हुन् ।
सोमबार सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको संवादमा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, संविधान संशोधन र आगामी राजनीतिक सहकार्यबारे आफ्ना धारणा राखेका थिए । उनले रास्वपा सभापति रवि लामिछानेसँग संवाद भइरहेको र पछिल्लो समय उनमा राजनीतिक परिपक्वता बढेको महसुस गरेको बताए ।
Read full story at source (barnanmedia.com)