प्रधानमन्त्री कार्कीसँग एनसीसीका प्रतिनिधिमण्डलको भेट
nepalnews.com · Fri Feb 13 16:33:21 GMT 2026

काठमाडौँ। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलमा भारतका २०, पाकिस्तानका १२, भुटानका नौ तथा माल्दिभ्सका पाँच सदस्य टोली सहभागी थियो। प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन्।
Read full story at source (nepalnews.com)