एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु
barnanmedia.com · Mon Aug 10 23:16:55 GMT 2026

पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन– २०२६ आयरल्याण्डको राजधानी डब्लिनमा सुरु भएको छ । सम्मेलनको मुख्य भाव ‘संकल्प’ रहेको छ ।
आयोजकका अनुसार एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन् । यस वर्षको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए आइसिसी तथा एनसिसीका पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । हालसम्म ३५ देशबाट दुई सयभन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भएको र कुल सहभागिता करिब दुई सय ५० जनासम्म पुग्ने अपेक्षा गरिएको छ ।
Read full story at source (barnanmedia.com)