फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा आजदेखि भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको छ।
अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगी यातायात सञ्चालन जोखिमपूर्ण बनेपछि माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले क्षतिग्रस्त सडकको मर्मतसम्भार र पुनःस्थापनाको काम सम्पन्न नभएसम्मका लागि ट्रक, टिपर, ट्रेलरलगायतका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन्। उपभोक्ता समितिको आग्रहअनुसार सडकलाई सुरक्षित बनाउन यो कदम चालिएको भए पनि अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको उनले स्पष्ट पारेका छन्।
Read full story at source (hamrakura.com)