अर्थमन्त्रीसँग यातायात व्यवासायीको माग- विद्युती सवारीमा छुट देऊ
nepalviews.com · Tue Aug 11 01:02:11 GMT 2026

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन्।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाएका हुन्। भेटका क्रममा महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको करिब १३ खर्ब रुपैयाँ बराबरको लगानी र यसमा आश्रित ४० लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।
Read full story at source (nepalviews.com)