कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
corporatenepal.com · Tue Aug 11 01:04:31 GMT 2026

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएको करिब छ घण्टापछि कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएल्लाले देशभर कम्तीमा १११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
भवनहरू भत्किएपछि भग्नावशेषमा फसेका मानिसको उद्धार गर्न कालीलगायत विभिन्न सहरमा उद्धार टोली परिचालन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु कोलम्बियाको प्रशान्त महासागर तटीय क्षेत्रमा पर्ने चोको प्रान्तको पूर्वी छेउमा रहेको बताइएको छ।
Read full story at source (corporatenepal.com)