कोलम्बियामा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु
onlinekhabar.com · Tue Aug 11 00:58:31 GMT 2026

२६ साउन, काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।
Read full story at source (onlinekhabar.com)