राष्ट्र बैंकको कारबाहीमा परे ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?
ajakoartha.com · Tue Jun 30 07:09:00 GMT 2026

काठमाडौं- नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ लघुवित्तलाई कारबाही गरेको छ। राष्ट्र बैंकको कारबाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारबाहीमा परेका छन् ।
शिघ्र सुधारात्मक कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त,नेरुडे मिर्मिरे लघुवित्त, र सीवाईसी नेपाल र लघुवित्त रहेका छन् ।यी संस्थाको न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले यी संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Read full story at source (ajakoartha.com)