भारतीय विदेशमन्त्री जयशंकर भदौ दोस्रो साता नेपाल आउँदै
himalpress.com · Tue Aug 11 01:13:34 GMT 2026

काठमाडौँ- भारतका विदेशमन्त्री डा. एस. (सुब्रमण्यम) जयशंकर भदौ दोस्रो साता नेपाल आउने भएका छन्। उनी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सेप्टेम्बर १२–१३ (भदौ २७–२८) मा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन्।
यसअघि पनि जयशंकरको नेपाल भ्रमणको तयारी भएको थियो। तर भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण हुँने भनिए पनि उच्चस्तरको भेटवार्ताको विषय टुंगो नलागेपछि (प्रोटोकलसम्बन्धी कारणले) भ्रमण रोकिएको थियो। विदेश सचिवको भ्रमण रोकिएसँगै जयशंकरको भ्रमणसमेत अघि बढ्न सकेको थिएन।
Read full story at source (himalpress.com)