बाँदर र बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
nagariknews.nagariknetwork.com · Tue Aug 11 01:29:02 GMT 2026

बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा (एमाले)का सचेतक निता घतानी, नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)