बडीमालिका स्वास्थ्य शिविरबाट ९ सयभन्दा बढी तीर्थयात्री लाभान्वित
ratopati.com · Mon Aug 31 20:41:00 GMT 2026

सुदूरपश्चिम । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा यही भदौ ११ गतेसम्म लागेको मेलाका अवसरमा सञ्चालित स्वास्थ्य शिविरबाट ९ सयभन्दा बढी तीर्थयात्री लाभान्वित भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयको आयोजना, सशस्त्र प्रहरी गुल्म बाजुराको समन्वय तथा सशस्त्र प्रहरी फिल्ड अस्पताल अत्तरियाको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ९०५ जना तीर्थयात्री लाभान्वित भएका हुन् ।
Read full story at source (ratopati.com)