राशिद खानको शानदार प्रदर्शनसँगै अफगानिस्तान विश्वकपमा, आयरल्यान्डमाथि रोमाञ्चक जित
nagariknews.nagariknetwork.com · Tue Aug 11 01:38:58 GMT 2026
रोमाञ्चक खेलमा अफगानिस्तानले आयरल्यान्डलाई पराजित गर्दै सन् २०२७ मा दक्षिण अफ्रिकामा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। अफगानिस्तानको जितमा विश्वस्तरीय खेलाडी राशिद खानले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण योगदान दिए।
२०६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान एक समय १७६ रनमा ७ विकेट गुमाएर दबाबमा परेको थियो।आयरल्यान्ड जित तर्फ अग्रसर रहेको बेला राशिद खानले संयमित ब्याटिङ गर्दै ३७ रनको पारी खेले। उनको यही पारी अफगानिस्तानलाई लक्ष्यसम्म पुर्याउन सफल भयो। यसअघि बलिङमा पनि राशिदले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ४४ रन खर्चेर ३ विकेट लिए।
Read full story at source (nagariknews.nagariknetwork.com)