बढ्यो अण्डाको मूल्य
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौं। बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले समर्थन मूल्यमा वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
सङ्घले तोकेको नयाँ मूल्यअनुसार एक्सएल साइजको अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ भने सानो अण्डाको मूल्य तीन हजार रुपैयाँ प्रतिपेटी (सात क्रेट) निर्धारण गरिएको छ।
Read full story at source (hamrakura.com)