प्रधानमन्त्री बालेन्द्रले किन त्यागे कूटनीतिक प्रोटोकलको अडान ?
ajakoartha.com · Tue Aug 11 01:36:00 GMT 2026

काठमाडौं
- प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतहरुलाई सामुहिक मात्र भेट्ने भनि गरेको प्रतिवद्धता आफै तोडेका छन् । उनको प्रतिवद्धतालाई प्रारम्भमा सकारात्मक टिप्पणी पनि गरियो । तर त्यसले राज्य सञ्चालनमा कुनै विशेष अर्थ राख्दैनथ्यो । राज्य चलाउनु कुनै व्यक्तिको एकल लहड होइन भन्ने बिस्तारै महशुस हुन थालेको छ । सम्भवतः त्यस्तै अडानका कारण उनको विश्व समुदायसँग कुटनीतिक सम्बन्ध कमजोर हुँदै गयो । छिमेकी चीन र भारतसँग टाढिंदै गएको सम्बन्धले प्रधानमन्त्रीमा चिन्ता थपिंदै गएको थियो । त्यही चिन्तालाई दूर गर्न उनले साढे चार महिनाको कूटनीतिक अडान त्याग्दै सोमबारदेखि विदेशी राजदूतहरूसँगको प्रत्यक्ष भेटवार्ता पुनः सुरु गरेका छन्।
Read full story at source (ajakoartha.com)