डिजिटल साक्षरता बढाउन राष्ट्र बैंकको जोड, वित्तीय कारोबारमा सुरक्षित प्रविधि प्रयोग गर्न आग्रह
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारलाई सुरक्षित, सहज र प्रभावकारी बनाउन डिजिटल साक्षरता बढाउनुपर्नेमा जोड दिएको छ। बैंकले डिजिटल प्रविधिको प्रयोगसँगै व्यक्तिगत विवरण, गोपनीयता र वित्तीय सुरक्षाप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार कार्यालयको कार्यसम्पादन, दैनिक जीवन, शिक्षा, सूचना प्राप्ति तथा सामाजिक सहभागिताका लागि डिजिटल प्रविधिमा दक्ष हुनु अहिलेको आवश्यकता बनेको छ। प्रविधिको आत्मविश्वासी, रचनात्मक र अनुशासित प्रयोगका लागि ज्ञान, सीप तथा दक्षता बढाउनु नै डिजिटल साक्षरताको मूल उद्देश्य रहेको बैंकले जनाएको छ।
Read full story at source (aarthiknews.com)