ललितपुरका सडकमा अब बाह्रै महिना रङ्गीबिरङ्गी फूल (तस्बिरहरु)
ratopati.com · Tue Aug 11 02:06:33 GMT 2026

ललितपुर । केही समयअघिसम्म ललितपुर महानगरका सडकका बिच भागमा बिरुवा रोपिएका गमलाहरू देखिन्थे । सहरको सौन्दर्य र आकर्षण बढाउन ती गमलाहरू राखिएका थिए । तर, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तिनलाई हटाइएको हो ।
अहिले ललितपुर महानगरपालिकाले सडकबाट गमलाहरू हटाएर सहरलाई हरियाली र सौन्दर्यको नयाँ स्वरूप दिइरहेको छ । महानगरले सडकको बिच भागमा डिभाइडरका रूपमा सुन्दर इँटाको पर्खाल बनाएर त्यसमा रङ्गीबिरङ्गी फूलहरू रोप्दै छ ।
Read full story at source (ratopati.com)