धनकुटामा खोजिंदै कोदोको उपयुक्त जात, बारीमै वैज्ञानिक परीक्षण
onlinekhabar.com · Tue Aug 11 02:02:03 GMT 2026

२६ साउन, धनकुटा । धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ खाम्बेलाको बारीमा १० जातका कोदो रोपेर परीक्षण सुरु गरिएको हो ।
एउटै बारीमा फरकफरक जातका कोदो रोपेर वैज्ञानिक अनुसन्धान सुरु गरिएको हो । झट्ट हेर्दा हेर्दा सामान्य कोदो खेतीजस्तै देखिए पनि साना–साना प्लटभित्र कोदो रोपेर अनुसन्धान सुरु गरिएको हो । कुन जातको कोदो यहाँको माटो र हावापानीमा राम्रो हुन्छ ? कुन जातले बढी उत्पादन दिन्छ ? किसानले कुन जात रोज्दा बढी लाभ लिन सक्छन् ? भन्ने बारेमा जानकारी लिन खाम्बेलामा कोदोका १० जातको जातीय परीक्षण सुरु गरिएको हो ।
Read full story at source (onlinekhabar.com)