आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
aarthiknews.com

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।
विभागका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। मधेश प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Read full story at source (aarthiknews.com)