क्यानडामा एक बच्चाले सिट बेल्ट बाँध्न नमान्दा उडान नै रद्द, यात्रुहरू अलपत्र
ratopati.com · Tue Aug 11 02:19:44 GMT 2026

ओटावा । क्यानडामा एउटा सानो बच्चाले सिट बेल्ट बाँध्न अस्वीकार गरेपछि सुरक्षाको कारण देखाउँदै विमानको उडान नै रद्द गरिएको छ। यस घटनाले अहिले बालबालिकाको उडान सुरक्षा र उनीहरूको व्यवहारलाई लिएर विश्वभर नयाँ बहस छेडिदिएको छ।
गएको अगस्ट ६ मा 'पोर्टर एयरलाइन्स'को विमान भिक्टोरियाबाट टोरन्टोका लागि उड्ने तयारीमा थियो। विमान धावनमार्ग (रनवे) तर्फ जाँदै गर्दा एक सानो बच्चा आफ्नो सिटमा उभिए र सिट बेल्ट बाँध्न मानेनन्। एयरलाइन्सका अनुसार बच्चाका अभिभावक र चालक दलका सदस्यहरूले उनलाई सम्झाउने र बेल्ट बाँध्न लगाउने धेरै प्रयास गरे पनि ती सबै असफल भए।
Read full story at source (ratopati.com)